Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
by admin | Aug 5, 2021 | Uncategorized
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!

सबै सामाजिक साथसम्बन्ध, संगतिको योजना र प रियोजना गतिविधिहरूले पनि बुनिएको छ- मण्डली। तथापि मण्डली भनेको अगुवाइ, बाइबल पठन, एकै | विश्वास मतका झुण्ड, भव्य भवन, आत्मिक गीतभजनको गुञ्जन, जय मसिहीको आदान-प्रदानमात्रै होइन।
तर मण्डलीमा यस्ता सबै आत्मिक आवश्यक विषयहरूलाई , अनुशासनात्मक रङ्गढङ्गले परिचालन गर्ने जुन मुख्य सत्पात्र र माध्यमचाहिँ, तपाई स्वयम् नै हुनुहुन्छ। हाम्रो आत्मिक सामूहिकताको महत्व गहन छ। तर यस सत्यताको आत्मिक रहस्यभित्र प्रभुले खोज्नुभएको सत्पात्रचाहिँ तपाईं नै हुनुहुन्छ. ,
यो दर्शनमा आफूलाई संलग्न नगराई चलनचल्ती झुण्डमा मात्रै हामी लहसिरहेका छौं भने त्यो पुङ नपुच्छरको अभिनयमात्रै हो। त्यसैले भनिएको छ – मुक्तिदाता ख्रीष्टलाई प्रेम : नगर्नेले मण्डलीलाई प्रेम गर्नसक्दैन। यस्तै दुरूहताले विश्वासी जीवन दर्शनलाई जिलीगान्टे बनाएर कज्याइरहँको हुन्छ। हरेक विश्वासीको जागरुक तयारीपछि नै मण्डली खडा गर्नुहुन्छ भने प्रभुको प्रेमी चुनावलाई खेलाइँची गर्नेहरूले मण्डलीको चौपक्षलाई उदास-हतासलाग्दो रमितामात्रै बनाएको पनि इतिहासले बताउँछ। त्यसै दायित्वले गर्दा नै हामी हरेकभित्र मण्डलीप्रतिको सृजनधर्मिता हुनैपर्छ।
दुलहा प्रभुले लिनआउने तम्तयार रहेकी ‘दुलही’ कुनै भौतिक संरचना होइन। यो त अविनाशी राज्य गर्ने आत्मिक दुलही (मण्डली) हो। जसलाई दुलहा (प्रभु ) स्वयंले सत्य अनन्त अजम्बरी प्रेम गर्नुभयो (प्रकाश १९:७-१०)। यो परमेश्वरीय अनन्त प्रेम! हाम्रो आनीबानीमा आधारित लैंगिक , लोकाचारी, शारीरिक अनि भौतिक प्रेम होइन। यो अनन्त प्रेमको आयतन मानवीय संवेदनशीलतामा सीमित छैन; चिसो चिहान, समयकाल र शारीरिक अवसानमा पुगेर टुँगिदैन। जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु; त्यसरी नै एक-अर्कालाई प्रेम गर; यो मेरो आज्ञा हो (यूहन्ना १५:१२) भनेर प्रभुले मण्डलीलाई दिनुभएको संविधान “ख्रीष्टिय प्रेम” हो। यो उनको सदिच्छाअनुसार एकतर्फबाट मात्रै बलिदानी रगतको छाप मारेर हामीलाई गरिएको अगापे (प्रेम) ह्यो। यो प्रेमबिनाको मण्डली छली र अनात्मिक हुन्छ। प्रेमबिनाको मण्डली प्रेरित पावलले भनेझैं ‘लय,ताल,भावभाकाबिनाको अर्थ न व्यर्थको झन्झनाउने झ्यालीमात्रै हो (५कोरिन्थी १३: १-२)। … तिम्रो विरोधमा मेरो केही कुरा छ, किनकि तिमीले आफ्नो पहिलो प्रेम छोडेका छौ, यसकारण तिमी कहाँबाट खसेका छौ , सम्झना गर, पश्चात्ताप गर र पहिलेका कामहरू गर; नत्रभने म तिमीकहाँ चाँडै आउनेछु र तिमीले पश्चात्ताप गरेनौं भने तिम्रो सामदान त्यसको ठाउँबाट हटाइदिनेछु (प्रकाश २: ४,५) भनी प्रभुले तपाई र मण्डलीमाझको आत्मिक कारण र निवारणको उत्तरदायित्य पनि तपाई स्वयंलाई दिनुभएको छ।
यही हो उद्धारक प्रेम। यो पापको नग्नतालाई छोपिदिने परमेश्वरीय धार्मिकताको प्रेम हो- जुन उडन्ते पुत्र घर फर्किदा पिताले ओडाइदिनुभयो। त्यसैले यो उद्धार प्राप्तिपछि कृतज्ञता व्यक्त गर्नैपर्ने प्रेम हो। यो क्रमअनुसारमात्रै होइन तर आत्मिक बौद्धिकताअनुसार पनि अकाट्य अनन्त प्रेम हो। यो ढुङ्गेमुडे, अन्धेधुन्धे एकसरो प्रेम होइन। जीवित उद्धारकर्तासित प्रेरितहरूले उपभोग गरेका यही ख्रीष्टिय प्रेमको समूलमा सन्त मार्टिन लुथरले प्रोटेस्टयान थेसिस लेखेर सार्वजनिक गरे – “मेरो ठोकुवा यहाँ छ – सोला स्क्रुप्चुरा अर्थात् “एकमात्र वचन। सोला ग्रेट्युवा अर्थात् ‘एकमात्र अनुग्रह। सोला फिडे अर्थात् “एकमात्र विश्वास’। सोला अर्थात् “एकमात्र ख्रीष्ट सोलाडियो ग्लोरिया
अर्थात् “एकमात्र परमेश्वरलाई महिमा”।
युनिभर्सल भनेको घरतीतलको वैश्विकमात्रै भनिएको होइन तर सिंगो चराचर हो। यो’ अजर प्रेमको दर्शनले नेपाली ख्रीष्टिय डायोसपौरालाई पनि चौतर्फ अंगालिरहेको छ। अनि साथसंगतिमा परमेश्वरीय राज्य विस्तारको कार्य तीब्रगतिमा, भइरहेको छ। यस आत्मिक उद्धारको कार्यमा हरेक विश्वासी संगी सहकर्मी बनेको छन्। जुनसुकै जात जाति,भाषाबोलीहरूका पृष्ठमूमिबाट आऊन (प्रकाश ७:९) तर युनिभर्सल चर्चको दर्शनले सबैलाई एकमात्र परमेश्वरको बाँधेको छ। यस सत्यको असीमित अंश स्वर्गमा झल्किरहेको छ भने अर्को अंशचाहिँं धरतीमा पूरा भइरहेको छ। आत्माअनुसार यही सत्य मण्डलीमा संगति गर्ने विश्वासीहरूको आशिषित जसभागमा परेको छ क्षमा दान, पापको मोचन अनि मृत्युको हार (रोमी ८:१,२)
क्रूसको अन्तिम शक्तिले युद्ध जितिसकिइएको छ। तरैपनि मण्डलीको संघर्ष जारी छ। मण्डलीले यस संसारमा आत्मिक लड्न्त लडिरहेकै छ। तर रवर्गमा चाहिँ मण्डली
अत्यन्तै आनन्दित छ। साना बगाललाई राज्य दिइने परमेश्वरको प्रतीज्ञाभित्र हाम्ना मण्डलीहरू संगतिरत छन्। जो आफैँमा युनिभर्सल चर्चको अमिन्नाङ्ग हो। युनिभर्सल चर्चको स्वर्गीय संगतिमा नै भेटिनेछन्- पाप भित्र्याउने पहिलो पापी आदम अनि उनका सन्तान दर-सन्तानका पापलाई सधैँका निम्ति परास्त पार्ने विजयी दोस्रो आदम- उद्धारकर्ता ख्रीष्ट! (यूहन्ना१ : २९; ३:१६)। अनि सन्त संगतिमा गुञ्जिन्छन यो अनन्त विजयगान-“ मृत्यु विजयमा निलियो’ –
हे मृत्यु! तेरो खील कहाँ छ?
हे चिहान!
तेरो विजय कहाँ छ?
( १ कोरिन्थी १५ : ५४,५५)

हामी दक्षिण सिक्किम नाम्थाङ यहोवा निस्सी परिवारबाट पनि प्रतिक्रिया जनाउने मौका पाएकोमा, जिउँदो पानी परिवारप्रति आभार व्यक्त गर्छौं। ६५ औं अकं सम्म पनि यो त्रैमासिक पत्रिकाको निरन्तर बहाउको निम्ति प्रभुलाई धन्यवाद दिन्छौं।
प्रत्येक भंगालोले केही न केही आशिषहरू ल्याएकै छ, तृषित आत्माहरूका निम्ति यस पत्रिकामार्फत प्रभुले क्षण-क्षणमा आफ्नो वचनरूपी पानीले (यशैया २७:३)
सिच्दै मर्झाउन लागेका आत्माहरूलाई जीवित राख्ने, काम गर्दै आएको अनुभव गर्छौ। पुरानो भनाइ, “खोला त धाउँदैन तीर्खा धाँउछ’ भन्ने भनाइको विपरीत, तिर्खाएका
जिउँदो पानीका प्यासीहरूलाई ढिलोछिटो सुदूर देश-प्रदेशमा रहेका तृषित विश्वासीहरूको ( जिउँदो पानी पाठकका ) निम्ति धाइरहेको थाह गर्छौ।
हाम्रो विश्वासको यात्रामा कतिपय प्रश्न र शंकारुपी काला दागहरू पनि विभिन्न स्तम्मका वचनरूपी पानीले घोई-पखाली शुद्ध र स्वच्छ हृदयको सृजना हुने काम भएको यही पत्रिकामार्फत हाम्रा जटिल विषयहरूको प्रार्थना निवेदनहरू विश्वभरि रहेका भक्तजनसमक्ष पुगेकोले उहाँहरूको नि :रवार्थ प्रभावकारी प्राथना (याकूब ५:१६) ले धेरै समस्याहरूको समाधान भएकोले हाम्रो विश्वास बढेको छ। यसर्थ यस पत्रिकाको बहाउ । निरन्तर, तीब्रता र रवच्छतासँग होस् भन्ने हाम्री । प्रार्थनासहित कामना छ।